सर्वेश्वर बचत तथा ऋण सहकारीको तेश्रो बार्षिक साधारण सभा सम्पन्न
पाेखरा | असोज ९, २०७९
लेखनाथ । सर्वेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा—२७, कास्कीको तेश्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै, राष्ट्रिय सहकारी वैंक लिमिटेड तालचोक शाखाका प्रवन्धक सन्तोष घिमिरेले जोखिमको पूर्व आंकलन गरेर सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
प्रवन्धक घिमिरेले पछिल्लो समय एक दुई सहकारीले वित्तिय अनुशासन पालन नगर्दा समग्र सहकारी त्यसको प्रभावमा परेको उल्लेख गरे । सहकारीले आफ्ना सदस्य परिवार भित्र निक्षेप संकलन र कर्जा प्रवाहलाई सुदृढ बनाए वित्तिय जोखिम कम हुने उल्लेख गरे ।
सहकारी संस्थाका अध्यक्ष चक्रवहादुर शाहीको अध्यक्षतामा भएको साधारण सभामा शेयर सदस्य एवं संचारकर्मी नवराज सापकोटा, सहकारीका सल्लाहकार चन्द्रकान्त पौडेल, बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोला, शेयर सदस्य सुर्यमणि लामिछाने, लेखा समितिका संयोजक बिष्णु सुवेदी, संस्थाका उपाध्यक्ष डम्बर प्रसाद अधिकारी लगायतले सहकारीले शेयर सदस्यलाई बोनस भन्दा पनि सुविधा दिनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा ७० बर्ष नाघेका झण्डै एक दर्जन जेष्ठनागरिकलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । साधारण सभाले अध्यक्ष चक्रबहादुर शाही र कोषाध्यक्ष सुर्यप्रसाद पौडेलको प्रतिवेदन अनुमोदन गरेको छ ।
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

